बागमतीकाे बजेट सदनबाट बहुमतले पारित

संवाददाता
२०८२ असार २३, सोमबार २१:००

हेटौंडा ।  बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेट  प्रदेश सभाबाट बहुमतले पारित भएको छ। असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सोमबार प्रदेशसभाबाट पारित भएको हो।

अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ सदनले अनुमोदन गरेको छ। प्रदेश सभा बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ।

बजेट पारित हुने प्रक्रियामा सत्ता र विपक्ष दुवै पक्षका सांसदहरूले असन्तुष्टि जनाएका थिए। सत्तारूढ दलका सांसदहरूले बजेटको प्राथमिकता र क्षेत्रगत विभाजनप्रति प्रश्न उठाएका थिए ।

बजेट प्रस्तुत भएदेखि नै छलफल बारम्बार स्थगित हुँदै आएको थियो। दलीय विवाद र आन्तरिक समन्वय अभावले  बजेट पारित हुन सकेकाे थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*