मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर स् श्रम मन्त्री साह पदमुक्त

संवाददाता
२०८२ चैत्र २६, बिहीबार १७:५२

काठमाडौं । राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेरको गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०ले बिहीबार मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए ।

मन्त्री साहले पदको दुरुपयोगको आरोप लगे पछि रास्वपा सभापति रवि लामिछाने को सिफारिसपछि यो कदम चालिएको हो । त्यसअघि सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री बालेन आफैंले रक्षा, उद्योग–वाणिज्य र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अन्य मन्त्रीहरू यथावत् छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*