पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा
काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। उनलाई उपचाररत अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिँदै आएको थियो।
यसैबीच, सर्वोच्च अदालतले चैत २६ गतेभित्र ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान टुंग्याउन आदेश दिएको थियो। अदालतको उक्त आदेशअनुसार सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
प्रहरीका अनुसार स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै ओलीलाई अस्पतालबाटै परिवारको जिम्मा लगाइएको हो भने अनुसन्धान प्रक्रिया भने जारी रहनेछ।











