बालेन झापा नपुगी फर्किए

संवाददाता
२०८२ फाल्गुन २१, बिहीबार १४:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा नपुगी फर्किए ।काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा-५ जान लागेका बालेन मौसमका कारण वा हेलिकप्टरमा कुनै प्राविधिक समस्या भएर हेलिकप्टर फर्किएको बताएको छ ।

हेली एभरेस्टको दर्ता नम्बर ‘एन-एओबी’ को हेलिकप्टर मार्फत काठमाडौंबाट झापा जान शाहसहित ५ सदस्यीय टोली उडेको थियो ।

बिहान ९ः१२ बजे काठमाडौंबाट झापाका लागि हेलिकप्टर उडेको थियो । करिब आधा घण्टा उडेपछि शाह चढेको हेलिकप्टर झापा नगई काठमाडौं नै फर्कियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*