हेटौंडामा टिपरको ठक्करबाट एक युवकको मृत्यु, एक घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ,भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीकाे अनुसार मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर थियोे । ठक्करपछि टिपर हेटौंडा बजारतर्फ फरार भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्ला निवासी अन्दाजी २८ वर्षीय जगदिश थारुको उपचारका क्रममा मृत्यु भएको छ।
मोटरसाइकलमा पछाडि सवार दाङ जिल्ला राप्ती गाउँपालिका–६ निवासी अन्दाजी २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको दाहिने हात र आँखा मुनि चोट लागेको छ। हाल उनको हेटौंडा अस्पताल मा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–१५ भोर्ले निवासी अन्दाजी २६ वर्षीय रोहित तामाङ रहेका छन्। उनलाई प्रहरी चौकी बसामाडी मकवानपुरले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











