शैक्षिक स्तर उकास्न त्रिपक्षीय सहकार्य अनिवार्य रहेको  सचेतक श्रेष्ठकाे भनाइ 

संवाददाता
२०८२ पुष १२, शनिबार २०:२२

हेटौंडा । समारोहमा बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका सचेतक एकालाल श्रेष्ठले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक, अभिभावक र विद्यार्थीबिचको सहकार्य अनिवार्य रहेको बताउनुभयो। यी तीनै पक्षको साझा प्रयास र मेहनतले मात्रै विद्यालयले अपेक्षित सफलता प्राप्त गर्ने र गुणस्तरीय जनशक्ति उत्पादन हुने उहाँको भनाइ थियो।

विशिष्ट अतिथिसमेत रहनुभएका श्रेष्ठले विकट पहाडी भेगका सस्र्ये र चुवापानीदेखि छिमेकी गाउँपालिका मनहरीसम्मका विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरेर निर्मल माध्यमिक विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो।

बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिँदै श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार, खेलमैदान, तारबार र बगैँचा व्यवस्थापनमा सरकारले सहयोग गर्दै आएको बताउनुभयो। साथै, प्रदेश सरकारको महत्त्वपूर्ण कार्यक्रम ‘स्कुल नर्स’ ले विद्यालयको वातावरण थप व्यवस्थित बनाएको उहाँले उल्लेख गर्नुभयो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*