हेटौँडा बजार सडक विस्तार–सम्बन्धी मुद्दामा सर्वोच्चको मिसिल झिकाउने आदेश

संवाददाता
२०८२ मंसिर २७, शुक्रबार १८:३३

हेटौँडा । हेटौँडा बजारमा भइरहेको सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ।

विन्दवासिनी कंसकारसहितले दायर गरेको रिटमाथि प्राथमिक सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धित फाइल (मिसिल) झिकाई आगामी सुनुवाइका लागि तयारी गर्न आदेश दिएको हो।

अदालतले यस मुद्दाको पेसी आगामी पुस २ गतेका लागि तोकेको छ। सो दिन मुद्दाका विगतका निर्णय, आदेश र प्रक्रिया अध्ययन गरी आवश्यक छलफल अघि बढाइने सर्वोच्चले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*