एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दै

संवाददाता
२०८२ कार्तिक ३०, शनिबार ११:५७

हेटौंडा । नेकपा एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्न लागेको छ। ‘प्रतिगामी षडयन्त्र’विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांस जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको हो । भदौं ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’ नारा तय गरेको छ ।

एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ । मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।

आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्ने तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*