बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छः अर्थमन्त्री खनाल

संवाददाता
२०८२ कार्तिक ३०, शनिबार ११:३६

कठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहो¥याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनु भयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्नुभयो । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताउनु भयो । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*