होटल हयात रिजेन्सीद्वारा १३३ श्रमिक कटौतीको घोषणा
काठमाडौं । जेन–जी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो ।
यो निर्णय मंसिर २२ गते (डिसेम्बर ७, २०२५) बाट लागू हुने बताइएको छ । होटलको मानव शंसाधन विभागका महाप्रवन्धक आशिष कुमारले दिएको
समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उक्त घटनामा एक विदेशी पाहुनाले आगलागीबाट ज्यान जोगाउने क्रममा चौथो तलाबाट हामफाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो । आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना पूर्णरूपमा नोक्शानमा परेको छ र अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातीमा समेत नकारात्मक असर परेको छ ।
“होटलको मर्मत सम्भार नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले मर्मत अवधिभर कुनै आम्दानी नहुने र ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने अवस्थाका कारण श्रमिक कटौती गर्नुको विकल्प नरहेको”– महाप्रवन्धक कुमारले दिएको जानकारीमा भनिएको छ ।
कोभिड–१९ महामारीको कारण लामो समय होटल तथा पर्यटन क्षेत्र प्रभावित भएको र हालसालै केही सुधारको संकेत देखिन थालेको अवस्थामा भदौ २४ को घटनाले होटललाई पुनः गम्भीर आर्थिक संकटमा पारेको व्यवस्थापनले जनाएको छ ।
हायतले भनेको छ–‘कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठूलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ । यस परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधि भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ ।’
होटलले श्रमिक व्यवस्थापनका सम्बन्धमा सक्रिय ट्रेड युनियनहरूसँग छलफल गरे पनि कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको हायतले जानकारी दिएको छ । बौद्धस्थित हयात रिजेन्सी काठमाडौं,नेपालको प्रमुख पाँचतारे होटलमध्ये एक हो । र भदौ २४ को घटनापछि पूर्ण रूपमा बन्द रहेको छ ।










