२ लाख ४६ हजार ४०० रुपैयाँमा कारोवार हुदैछ सुन
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको छ ।
मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।










