ठगी र बैंकिङ कसुरको मुद्दामा प्रकाउ परेका जेनजी अगुवा शाहीको साथबा असईको परिचयपत्र बरामद

संवाददाता
२०८२ आश्विन ३०, बिहीबार १६:२७

काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ ।असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई)को नक्कली परिचयपत्र बरामद भएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए।

अछामका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरका फरार अभियुक्त समेत हुन्। उनले कोरिया र जापान पठाइदिने भन्दै १२ लाखसम्मको खाली चेक लिएर ठगी गरेका थिए। नागरिक उड्ययन, वायुसेवा निगम र अख्तियारसम्म पुगेर धम्की दिने गरेका शाहीविरुद्ध पीडितहरूले उजुरी दिएका छन्।

उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका वडा नम्बर २ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ ।शाहीले

शाहीले रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउने भन्दै ठगी गरेको समेत खुलेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*