कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छु : ओली

संवाददाता
२०८२ आश्विन २९, बुधबार १५:४२

काठमडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ ।

बुधवार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पार्नुभयो । आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताउनु भयो । उहाँले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*