जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक हुँदै देउवा

संवाददाता
२०८२ आश्विन २८, मंगलवार ०७:२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज जेनजी आन्दोलनको ३४ दिनपछि सार्वजनिक हुन् लागेका छन्। जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका देउवा आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।

लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेको उनी निकट नेताहरुले बताएका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*