टिओबी समूहका लिडर तेन्जेन दावा पक्राउ

संवाददाता
२०८२ आश्विन २७, सोमबार १८:२१

काठमाडौं । टिओबी समूहका लिडर तेन्जेन दावा पक्राउ परेका छन् । हालै सामाजिक सञ्जालमा भाइरल भएको, एक व्यक्तिले ‘टीओबी’ लेखिएको ज्याकेटमा पेस्तोल बोकेको भिडियो जेनजी आन्दोलनकै समयमा खिचिएको होइन भन्ने पुष्टि भएको छ। प्रहरी अनुसन्धान अनुसार, उक्त भिडियो करिब एक वर्ष पुरानो हो र त्यसमा देखिएको पेस्तोल नक्कली भएको पाइएको छ।

भिडियोमा देखिएका तेन्जेन नामका व्यक्तिबाट प्रहरीले एक थान नक्कली पेस्तोल बरामद गरेको छ। उनले नै उक्त पेस्तोल भिडियोमा प्रयोग गरिएको भनेर स्वीकार गरेका छन्।

भिडियो तेन्जेन एडी नामक टिकटक अकाउन्टबाट सार्वजनिक भएको थियो, जसपछि समाजमा त्रास फैलिएको थियो। प्रहरी अनुसार उनले आफ्नो ज्याकेटमा तिब्बतीयन ओरिजिनल ब्लड लेखिएको थियो र उनी जेनजी आन्दोलनमा बाइक राइड गर्दै पुगेका थिए।

प्रहरीले उनलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ। हालसम्म कुनै आपराधिक गतिविधिमा संलग्नताको प्रमाण नपाइएकाले उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिँदैछ। उनी पछिल्लो समय गाँजा सेवन गर्ने गरेको स्वीकारोक्ति प्रहरी समक्ष दिएका छन्।

प्रहरीले उनका अन्य साथीसँगको सम्भावित संलग्नता पनि जाँच गरिरहेको छ। हामी नेपाली संस्थाका अगुवा सुदन गुरुङसँग जोडिएको भन्ने चर्चा भए पनि तेन्जेनले सुदनलाई नचिन्ने स्पष्ट पारेका छन्।

अहिलेसम्म आगजनी, तोडफोड वा लुटपाटजस्ता गम्भीर घटनामा तेन्जेनको संलग्नता पुष्टि नभए पनि प्रहरीले अनुसन्धानलाई थप अगाडि बढाउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*