राष्ट्रपति रामचन्द्र पौडेलसँगको जेनजीको छलफल सोमबारका लागि सरियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको जेनजीको छलफल सोमबारका लागि सरेको छ ।
छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल जारी राखेका छन् ।
राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो । शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए ।










