पोल्याण्डमा ड्रोन घुसपैठ गल्ती हुनसक्छः ट्रम्प

संवाददाता
२०८२ भाद्र २८, शनिबार १५:२९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डको हवाई क्षेत्रमा रुसी ड्रोन घुसपैठ गल्ती हुनसक्ने चेतावनी दिनुभएको छ । घटनाप्रति निराशा व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो । ट्रम्पले ह्वाइट हाउसबाट न्यूयोर्क जाँदै गर्दा यो टिप्पणी गर्नुभएको हो । पोल्याण्डले बुधवार रुस र युक्रेन बीच ड्रोन आदानप्रदानको क्रममा रातारात १९ वस्तुहरू आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको थियो । जसमध्ये धेरैलाई प्रत्यक्ष खतरा भएकोले गोली हानी खसालिएको थियो ।

यद्यपि पोल्याण्डले यो घटना नेटो क्षेत्रमाथि रुसी ड्रोन खसालिएको पहिलो रिपोर्ट गरिएको दाबी गरेको छ । मस्कोले आरोपलाई आधारहीन भनेर खारेज गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*