सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रियको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी सडकमा

संवाददाता
२०८२ भाद्र २२, आईतवार १७:३६

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले प्रदर्शन गरेका छन् ।

आईतवार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय कार्यान्वयनमा समेत गइसकेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो । सरकारको उक्त निर्णयको सत्तारुढ दलकै नेता र नागरिक समाजले आलोचना गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*