राप्रपा मकवानपुर (क्षेत्र नं. १) को अध्यक्षमा उमेश थापा चयन

संवाददाता
२०८२ भाद्र २२, आईतवार १३:५९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा क्षेत्र नं. १ को अध्यक्षमा उमेश थापा चयन भएका छन्।

शनिबार हेटौंडामा सम्पन्न क्षेत्रीय अधिवेशनले थापाको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति गठन गरेको हो। अधिवेशनले पार्टीलाई मजबुत बनाउने, संगठन विस्तार गर्ने र युवाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यसहित नयाँ कार्यसमिति निर्माण गरेको जनाइएको छ।

कार्यसमिती सदस्यहरुमा रामप्रसाद कोईराला, कबिन्द्र भट्टराई , मुरारि पौडेल, चमेली माया घिसिङ् लामा, सुदिप शाक्य, माया राना, संगिन श्रेष्ठ, विकास दुलाल, नारायण अधिकारि, भिमा कुमारी सापकोटा, विवेक बिक्रम साह, किशोर केसि खत्री, लोकनाथ चौलागाईं, सरोज गजुरेल र ईन्द्र बानिया चयन भएका छन ।

नव निर्वाचित अध्यक्ष थापाले आफ्नो कार्यकालमा पार्टीको नीति–कार्यक्रमलाई जनतासम्म पुर्‍याउने, स्थानीय मुद्दा उठाउने र क्षेत्रीय स्तरमा संगठनलाई अझ सशक्त बनाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*