शिक्षा र संघर्ष – शिव प्रसाद खनालको कथा
हेटौंडा । शिक्षाको हुटहुटी बोकेका शिव प्रसाद खनाल , जो ५२ बर्षको उमेरमा पनि कलेज भर्ना भए । शिक्षाको महत्त्व बुझेका खनाल अहिले व्याचलर गरिरहेका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदको दोस्रो कार्यकाल समालिरहनु भएका खनाललाई शिक्षा प्रति चासो बढ्दै गयो । वडाध्यक्ष जस्तो ठूलो पदमा पुग्दा पनि मनभित्र शिक्षा नपढेको पीडा बल्झिरह्यो। गाउँको कुनै कार्यक्रममा शिक्षित मानिसहरू देख्दा आफू पनि त्यस्तै बन्ने रहर झल्किन्थ्यो।
शिव खनालको जीवन सजिलो थिएन। उनी भन्छन् ५ वटा पासपोर्ट बनाएँ विदेश जान पाइँन। बस बेचेँ, पसल बेचेँ, कुखुरा पालेँ, ऋणमै डुबिरहेँ । विविध चुनौतीहरुको पहाडले थिचिएका खनालले हरेस खाएनन् , उनी आफ्नो बाटोमा लम्कि रहे ।
रहरहरुको सम्भावना खोजि रहेका खनालले थुप्रै चुनौतिहरु पार गर्दै आएका छन् । विधालयको अध्यक्ष बन्ने सपनाले उनलाई वडा अध्यक्षको पदसम्म तान्यो । २०७४ सालमा वडाध्यक्ष भएका उनलाई जिम्मेवारीले शिक्षा र समाज विकासप्रतिको दृष्टिकोणमा अझ स्पष्ट बनायो। त्यस पछि उनले गाउँकै श्री बाल जीवन ज्योति विद्यालय, मकरी मा अध्यक्ष भए । ग्रामीण शिक्षाको सुधारमा अग्रसर भएका खनालले बिधालयमा लगाईएको सप्ताह कार्यक्रमको खर्च कटौती गरेर +२ कक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए। विद्यालय भवन बन्यो, र युवाहरूलाई गाउँमै उच्च शिक्षा पढ्ने अवसर पनि मिल्यो।
गाउँमै उच्च शिक्षाको पचुर सम्भावना उब्जिदै जादा ,उनको मनमा पनि शिक्षा प्रति रहरहरु उब्जिदै गयो । वि .स २०५२ सालमा एस एल सी पास गर्नु भएको खनालले २७ बर्षको अन्तरालमा ११ मा क्याम्पस भर्ना भए । २०७९ मा क्याम्पस भर्ना भएका उनले २०८१ मा २.६ जिपिय ल्याएर +२ पास गरे । विविध चुनौतीबाट अत्तालिएका खनालको मनमा+२ पास गरे पछि मनमा शिक्षाको आशा उब्जियो ।
शिव प्रसाद खनाल हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रहेको निर्मल बहुमुखी क्याम्पसमा व्याचलर पहिलो बर्षमा अध्ययनरत छन् । वडा अध्यक्ष पदको सामाजिक जिम्मेवारी समाली रहनु भएका खनाल पुणस् शिक्षाको ज्योतिमा मिसिए । आज उनी स्नातकमा समाजशास्त्र र स्वास्थ्य विषय लिएर अध्ययनरत छन्। सधैं यही भन्छन् , जहाँ शिक्षा छ त्यहि सम्मान र सम्पति छ ।











