नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीमा कुमारी तितुङको नेतृत्वमा ११ कार्य समिती गठन

संवाददाता
२०८२ असार १२, बिहीबार १९:३४

हेटौंडा । नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको प्रथम समेलनबाट अध्यक्षमा कुमारी तितुङ लामा सर्वसम्मत चयन भएकी छन्। बिहिबार सम्पन्न भएको प्रथम समेलनबाट तितुङको अध्यक्षमा ११ कार्य समिती गठन गरिएको छ ।

बागमती प्रदेश नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका अध्यक्ष बिकास लामाको सभाध्यक्षतामा भएका कार्यक्रममो काठमाडौं जिल्ला खेलकुद समिती कर्मचारी संघकी अध्यक्ष राधिका यर हिमालको प्रमुख आतित्यथा रहेको थियो ।

समितिको उपाध्यक्षमा विशाल चौलागाईं र जय बहादुर थोकर चयण भएका छन् ,भने सचिवमा राहुल डिम्डुङ सर्वसम्मत चयन भएका छन् । त्यसै गरि कोषाध्यक्षमा लक्ष्मी गोले र सदस्यहरु बबिन लामा ,नवराज अधिकारी ,सागर राई, मित्रा प्रसाद गौतम ,किरन घिसिङ र मनिस खड्का चयण भएका छन् ।

कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका केन्द्रिय महासचिव सत्य थापा ,नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ बागमती प्रदेश सचीव श्रवण कुमार बर्तौला लगाएतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*