नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालन
काठमाडौं । आज दिउँसो ३ बजेसम्म बन्द गरिएको नारायणगढ–मुग्लिन सडक खण्ड अहिले नियमित रूपमा दुईतर्फी गाडी चल्न थालेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना नगरपालिका–६ को तुइनभीरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।
कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको एक्स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उहाँले जानकारी दिनुभयो ।










