चितवन जाँदै गरेको माइक्रो नागढुंगामा दुर्घटना,दुई गम्भीर घाइते
काठमाडौं । काठमाडौंबाट चितवनतर्फ गइरहेको एक यात्रुबाहक माइक्रोबस काठमाडौंको नागढुंगा सडक खण्डमा दुर्घटनामा परेको छ।
बा ३ ख ८६२९ नम्बरको उक्त माइक्रोमा १९ जना यात्रु सवार थिए।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार, दुर्घटनामा घाइते भएका सबैको उद्धार गरी तत्काल सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि पुर्याइएको छ।
“घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ,” एसपी बोहराले जानकारी दिए।
दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नागढुंगा सडकखण्ड अवरोध भएर केहीबेर सवारी आवागमन प्रभावित भएको थियो भने अहिले सडक खुलाइएको प्रहरीले जनाएको छ।










