विद्यालय शिक्षक कर्मचारी परिषद् फेरि आन्दोलनको तयारीमा, आजै नयाँ कार्यक्रम घोषणा हुँदै
काठमाडौं । सरकारसँगको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय शिक्षक कर्मचारी परिषद्ले पुनः आन्दोलनको चेतावनी दिएको छ। नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आज बसेको आकस्मिक बैठकले आज साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो।
परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकारले परिषद्सँग भएका सहमति विपरित निर्णय लिएको भन्दै उनीहरू असन्तुष्ट छन्। सरकारसँगको सहमतिप्रति असन्तुष्टि जनाउँदै शिक्षाकर्मीहरूले विद्यालय परिसरमै विरोध प्रदर्शन गरेका थिए। त्यसपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको सहयोगमा विद्यालयबाट बाहिरिएका थिए।
विरोध प्रदर्शनपछि बसेको परिषद्को आकस्मिक बैठकले तत्काल आन्दोलनका थप कार्यक्रम ल्याउने निर्णय गरेको हो। परिषद्ले सरकार र महासंघ दुवैको भूमिकाप्रति असन्तोष जनाउँदै आन्दोलनलाई सशक्त बनाउने तयारी गरेको छ।










