अखिल नेपाल औद्योगिक मजदुर महासंघले मनायो १३६ ओेेैेँ मई दिवस
हेटौंडा । अखिल नेपाल मजदुर महासंघले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) मनाएको छ।
सामाजिक सुरक्षाको सुनिश्चितता र जीवन धान्ने यथेष्ट पारिश्रमिक सहित स्वदेशमा श्रम गर्न प्रोत्साहन गरौं,आउट सोर्सिङ – ठेकेदारी प्रथा र श्रम ऐनका मजदूर विरोधी दफाहरु खारेजीको माग गरै भन्ने नारा सहित मजदुर दिवस मनाएकाे हाे । हेटौंडा–९ हनुमान गेटबाट निकालिएको र्याली औद्योगिक क्षेत्र परिक्रमा गर्दै कार्यक्रम स्थल युनिटी भिलेज पार्टी प्यालेस, हेटौंडा–९ मा पुगेर सम्पन्न भएको थियाे ।

उक्त कार्यक्रममा ४०० भन्दा बढी श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको आयाेजक समितिले जनाएको छ । कार्यक्रममा श्रमिकहरूको तलब वृद्धि गर, करार कर्मचारीलाई स्थायी नियुक्ति, ठेकेदारी प्रथा अन्त्य, बन्द उद्योगहरूको पुनः सञ्चालन र सामाजिक सुरक्षा कोषलाई अनिवार्यरूपमा लागू गर्ने लगायतका बिषयवस्तुहरुकाे उठान गरिएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व सामाजिक मन्त्री कुमारी मोक्तानको उपस्थित रहेको थियो। विशेष अतिथिहरूमा नेकपा माओवादी पार्टीका इन्चार्ज विजय गौतमसहित अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।











