महेन्द्र किरण माध्यमिक विद्यालयमा सप्ताह ज्ञान महायज्ञ सम्पन्न

संवाददाता
२०८१ चैत्र ३०, आईतवार १५:०९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालयमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ। चैत २३ गतेबाट सुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ चैतको ३१ गते समापन भएको हो ।

“शिक्षाको लागि भिक्षा” भन्ने नारा सहित सप्ताह महायज्ञ गरिएको थियो । सप्ताहमा शिरोमणि पण्डित दिपक प्रसाद पौडेलले कथा वाचन गरेका छन् । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञको संरक्षकका रुपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ रहेको छ ।

विद्यालयमा आवश्यक शिक्षाको सुधारको लागि सप्ताह गर्न लागिएको मुल समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका संयोजक हर्क बहादुर पाख्रिनले बताएका छन् । विद्यालयमा दक्ष शिक्षक तथा प्राविधिक उपकरणहरुको जडान सँगै विद्यार्थीलाई उचित शिक्षाको व्यवस्थापनमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । सप्ताह ज्ञान महायज्ञ मुल समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका संयोजक हर्क बहादुर पाख्रिनको संयोजकतामा सम्पन्न भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*