मकवानपुरगढीमा अटो दुर्घटना चालक गम्भीर घाइते

हेटौंडा । मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ गढी दरबार स्थित कान्तिलोकपथ सडकखण्डमा अटाे दुर्घटना भएको छ । अटो दुर्घटनामा परि हेटौडा ८ बस्ने ५४ वर्षीय सुर्ज थापा मगर गम्भीर घाइते भएका छन् । मगरकाे टाउकोमा चोट लागि गम्भिर घाईते भएको प्रहरीले जनाएको छ।
हेटौडा बजारबाट गढी दरबारतर्फ जाँदै गरेको ना २ ह १२९० नम्बरको अटो दुर्घटनामा परेको हो । अटो गुडिरहेको अवस्थामा अटोमा केहि पड्केको जस्तो आवाज आई अटो एक्कासी अनियन्त्रित भई नालीमा खसेको सोही अटोमा रहेकी चालकको छोरीले बताएको प्रहरीले जनाएको छ।
उक्त अटोमा चालक सहित ४ जना रहेको र अन्य ३ जना सकुशल रहेको प्रहरीले जनाएको छ। घाईते मगरलाई हेटौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको थियोे । त्यसै गरि भरतपुरबाट पनि अबस्था गम्भिर रहेको कारण अन्नपुर्ण अस्पताल काठमाण्डौको लागि रिफर गरिएको छ ।
प्रहरीकाे अनुसार अटो चालक बस्ने माथिको भागमा ढुङ्गा लागेको जस्तो देखिएको र अटोको गेएरमा समेत क्षति भएको जनाएको छ। घटना बारे अनुसन्धान कार्य भईरहेकाे प्रहरीले जनाएको छ।