हेटौंडामा लागूऔषध कारोवार गर्ने ३ जना पक्राउ

हेटौंडा। हेटौंडामा लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा ७ घर भई हेटौंडा ४ स्थित नेपाल चोक डेरा गरि बस्ने ३४ वर्षिय दिनेश गोले,वडा नम्वर १० का २८ वर्षिय निरोज लामा र ३३ वर्षिय महम्मद मियाँ लागूऔषध खैरो हेरोईन र ओनरेक्ससहित पक्राउ परेका हुन्।
बिहीबार राती १० :२० बजे लागूऔषध कारोवार भैरहेको सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुको कोठाबाट २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोईन र ११ बोतल लागूऔषध ओनरेक्स फेला पारेको प्रहरीले जनाएको छ।
उनिहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।