महेन्द्र किरण माध्यमिक विद्यालयमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

संवाददाता
२०८१ चैत्र २१, शुक्रबार ०८:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालयमा चैत २३ गतेबाट   श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ ।  “शिक्षाकाे लागि भिक्षा” भन्ने नारा सहित चैत २३ गतेबाट ३१ सम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ हुन लागेकाे हाे ।

बिहान १०:०० बजेदेखि  महेन्द्र किरण माध्यमिक विद्यालयकाे प्राङ्गणबाट कलश शोभायात्रा तथा बाजागाजासहित झाँकी र ऱ्यालीसहित मन्दिर तथा नगर परिक्रमा गरिने भएको छ ।सप्ताहमा शिराेमणि पण्डित दिपक प्रसाद पाैडेलले कथा वाचन गर्ने भएका छन् । श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञकाे संरक्षकका रुपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ रहेकाे छ ।

विद्यालयमा आवश्यक शिक्षाकाे सुधारकाे लागि सप्ताह गर्न लागिएको मुल  समाराेह समिति  तथा विद्यालय  व्यवस्थापन समितिका संयाेजक हर्क बहादुर पाख्रिनले बताएका छन् ।  विद्यालयमा दक्ष शिक्षक तथा प्राविधिक उपकरणहरुकाे जडान सँगै विद्यार्थीलाई उचित शिक्षाकाे व्यवस्थापनमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*