भीमफेदीकाे जवान व्यारेकमा आगाेलागी

संवाददाता
२०८१ चैत्र १९, बुधबार ११:४२

 हेटौंडा ।  मकवानपुरकाे भीमफेदी गाउँपालिका वडा नम्बर ५ छबेलीमा  जवान व्यारेकमा आगाेलागी भएकाे छ । छबेलीस्थित श्री बहुउद्धेशीय प्लाष्टिक उद्योग भीमफेदी(नेपाली सेनाले हेण्ड ग्रिनेट बनाउने ठाँउ)मा आगाेलागी भएकाे हाे ।

जवान व्यारेकमा  बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिकाको दमकल, नेपाल  प्रहरी , सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा उक्त आगो निभाउने कार्य भएको छ ।

१० बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको  हाे ।  अझै क्षतीको विवरण भने आउन बाकी  रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*