राक्सिराङकाे एक घरमा आगोलागी

संवाददाता
२०८१ चैत्र १६, आईतवार १४:२७

 हेटौंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारीकाे एक घरमा आगोलागी भएकाे छ । बोटबारीस्थित भिम बहादुर मोक्तानको घरमा आगलागी भएकाे हाे ।

मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा बिधुतको लाईन सट भई आगोलागी भएको प्रहरी चौकी चैनपुरले जानकारी दिएकाे छ । आगाे १२:४० बजे  स्थानियहरुको सहयोगबाट पुर्णरुपमा नियन्त्रणमा आएको थियाे ।

 आगाेलागी भएकाे घरभित्र रहेको नगद रू, ४०,००० (चालिस हजार) जलि नस्ट भएक छ । त्यसै गरि अन्नपात, काठ, भाडावर्तन र लत्ताकपडा गरी ७ लाख बराबरको क्षति भएको मुक्तानले बताएका छन् । मानबिय र पशुचौपायाको भने क्षति नभएकाे प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*