व्यवसायलाई पर्न गएको मारप्रति प्रदेश सरकारकाे गम्भीर ध्यानाकर्षण रहेकाे मन्त्री तामाङकाे भनाई
हेटौंडा । बागमती प्रदेशकी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले हिजो भएको व्यवसायको तोडफोडबाट व्यवसायहरूलाई पर्न गएको मारप्रति बागमती प्रदेशको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आठौँ प्रदेश शभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
तथ्यको आधारमा रहेर छानबिन हुनुपर्ने र पीडकले उचित क्षतिपूर्ति पाउनुपर्ने उहाँको भनाइ रहेको छ । यस विषयमा क्याबिनेटमा आवाज उठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री तामाङले आन्दोलनका नाममा अराजकता फैलाएको भन्दै घोर आपत्ति समेत व्यक्त गर्नुभएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष खेमराज ढकाल, नेपाल उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठ लगायतका केन्द्रीय पदाधिकारीहरूको आतिथ्यता रहेको थियो।
यसका साथै, बागमती प्रदेशका १३ वटा जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरू, वस्तुगत तर्फका अध्यक्षहरू र अन्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूको पनि आतिथ्यता रहेको थियो।











