लाटेम्बेश्वर महादेव पदयात्रा मार्गमा फोहोर व्यवस्थापन अभियान

संवाददाता
२०८१ चैत्र ११, मंगलवार १६:१७

हेटौंडा । मकवानपुर जिल्लाको पञ्चकन्या क्षेत्रमा अवस्थित लाटेम्बेश्वर महादेव मन्दिर एक लोकप्रिय पर्यटकीय गन्तव्य रुपमा परिचित छ । लाटेम्बेश्वरकाे प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यले विभिन्न स्थानका पर्यटकहरूको ध्यान आकर्षित गरेकाे छ। उक्त स्थानमा बढ्दो पर्यटकहरूको कारण, पदयात्रा मार्गमा प्लास्टिकका फोहोरहरु पनि बढ्दो छ ।

हेटौंडाको PLAY2LEARN संस्थाका युवाहरूको एक समूहले लाटेम्बेश्वर महादेव पदयात्रा मार्गमा फोहोर व्यवस्थापन गरेका छन् । अभियानमा १५ जना युवाहरु सहभागी भएका थिए ।

अभियानले पर्यटक र स्थानीय जनतालाई उक्त स्थानको संरक्षण र फोहोर व्यवस्थापनमा ध्यान दिन प्रेरित गरेको छ । अवलोकनको लागि आउने पर्यटकहरुलाई पनि जथाभावी फोहोर नगर्न आग्रह गरिएको छ ।

धार्मिक तथा वातावरणीय रुपमा सुन्दर रहेको पर्यटकीय स्थानहरुमा सरकारको ध्यान जान सके आन्तरिक तथा बाह्य पर्यटनको ध्यान आकर्षित र्गन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*