काठमाडौमा उर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइयो

संवाददाता
२०८१ चैत्र ११, मंगलवार ११:४७

काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*