मकवानपुरका क्याम्पसहरुमा मतदान सम्पन्न , मतगणना जारी

संवाददाता
२०८१ चैत्र ४, मंगलवार १७:३६

हेटौंडा । मकवानपुरका क्याम्पसहरुमा स्ववियु मतदान सम्पन्न भएको छ । निर्वाचन बिहान ८ बजेबाट सुरु भएको थियो ।

त्यसै गरि आज भएको २०८१ को स्ववियु निर्वाचनमा हेटौंडा उपमहानगरपालिका २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा १२ सय ८१ मत खसेको छ । उक्त क्याम्पसमा कूल मतदाता २६ सय ९८ रहेको थियोे ।

त्यसै गरि हेटौंडा क्याम्पसमा कुल मतदाता ६ सय ८५ रहेकोमा ३ सय ७४ मत खसेको छ । हेटौंडा उपमहानगरपालिका ४ मा रहेको फरेस्ट्री क्याम्पस हेटौंडामा कुल मतदाता ४ सय ३८ रहेकोमा ३ सय ७२ मत खसेको छ । त्यसै गरि हेटौंडा उपमहानगरपालिका १९ मा रहेको निर्मल बहुमुखी क्याम्पस, बस्तिपुरमा भने कूल मतदाता ८७ रहेकोमा ८४ मत खसेको छ,भने मतगणना भईरहेको छ ।

आज भएको २०८१ सालको स्ववियु निर्वाचनमा मनहरी बहुमुखी क्याम्पस र बशंगोपाल क्याम्पसमा सर्वसहमतिमा कार्यसमिति चयन गरिएको छ भने थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*