१० किलो ७०० ग्राम लागू औसत गाँजासहित दुई जना पक्राउ

संवाददाता
२०८१ चैत्र ३, सोमबार १४:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ पुर्व पश्चिम लोकमार्ग सडकखण्ड स्थित नेवारपानीमा १० किलो ७०० ग्राम लागू औसत गाँजा फेला परेकाे छ । उक्त लागू औसत गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

चितवन तर्फबाट हेटौडा तर्फ आँउदै गरेको ना ७ ख ४५७३ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागू औसत गाँजा फेला परेकाे इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । मनहरी गाँउपालिका वडा नं. ५ डिल्लीपुर बस्ने बर्ष ३० को अनिल तामाङ र बर्ष २४ को अशोक बललाई शंका लागि खानतलासी गर्दा झोला भित्र लागु औसत गाँजा १० किलो ७०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*