इन्द्रसरोवर गाँउपालिका ३ मा फोर्स गाडि दुर्घटना हुँदा ४ जना घाइते

संवाददाता
२०८१ चैत्र ३, सोमबार ०९:३४

हेटौंडा । मकवानपुरकाे इन्द्रसरोवर गाँउपालिका ३ धाराखोल्छा स्थित दक्षिणकाली सडक खण्डमा फोर्स गाडि दुर्घटना भएको छ । गाडिमा १७ जना सवार मध्ये ४ जना सामान्य घाइते भएका छन् ।

काठमाडौंबाट हेटौडा तर्फ आउदै गरेको यात्रु बाहक भारतिय UP70NT ६९१७ नं.को फोर्स गाडिको ब्रेक फेल भइ रोडको वायाँ साइडमा ठोक्किन गइ दुर्घटना भएको हाे । घाइते हुनेमा भारतकाे उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसि उचहर बस्ने एकै ठाउँका बर्ष ५५ का राजकरण तिवारी , बर्ष ३८ का जितेन्द्र प्रताप सिंह , बर्ष ४४ को अजय मिश्र र बर्ष ३८ को अभय प्रताप सिंह रहेका छन् ।

अन्य गाडिमा सवार १३ जना सकुशल रहेकाे र घाइते ४ जनालाई उपचारको लागि हेटौडा तर्फ पठाउने कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*