आज तराई–मधेशमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

हेटौंडा । आज तराई–मधेशका जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । हिजो पहाडी जिल्लाहरुमा फागुपूर्णिमाको दिन होली मनाइएको थियो भने,आज तराईका जिल्लामा होली मनाउन लागिएको हो ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
पैरानीक कालमा बिष्णु भक्त प्रलादलाई मार्नको लागि भनेर फूपू होलीकाले उनलाई काखमा लिएर दवदवी बलि रहेको आगोको चितामा बस्दा भगवानको कृपाले भक्त प्रलाद जिबिद रहनु भयो र आगो पनि केही गर्न नसक्ने भनिएकि फूपू होलीको दहा भएको भन्ने मान्नेता रहि आएको छ ।
होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।