हेटौंडाको शीतलमहलचोकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले गर्यो डिस्पोज

हेटौंडा । हेटौंडा उपमहानगरपालिका -४ स्थित शीतलमहलचोकमा आज साँझ ६:३० बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । स्थानिय सिर्जना पौडेलको घर अगाडि, गरुडपथ जाने भित्री सडक खण्डमा प्रेशर कुकर राखिएको पाइएको हो।
शंकास्पद वस्तु देखेपछि स्थानिय बासिन्दा त्रसित भएका थिए। उक्त वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरी प्रशासनले तुरुन्तै बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। नेपाली सेनाले घटनास्थलमा पुगेर शंकास्पद वस्तुलाई डिस्पोज गर्यो।
नेपाली सेनाले घटनास्थलमा गरिएको निरीक्षण र कार्यवाही पश्चात उक्त प्रेशर कुकरमा बिष्फोटक पदार्थ नरहेको जानकारी दिएको छ । साँझ ६ बजेर ३० मिनेटमा भेटिएको उक्त शंकास्पद वस्तु ९ बजेर १० मिनेटमा सेनाले डिस्पोज गरेको हो।