मनहरीमा करेन्ट लागेर ईन्द्रलाल मोक्तानकाे मृत्यु

संवाददाता
२०८१ फाल्गुन २९, बिहीबार २०:३५

हेटौंडा । मकवानपुरकाे मनहरी गाउँपालिका ६ स्थित नयाँबस्तीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मोबाईल चार्ज गर्ने क्रममा ३१ बर्षीय ईन्द्रलाल मोक्तानकाे मृत्यु भएकाे हाे ।

माेक्तानलाई करेन्ट लागे प्रश्चात उनकी श्रीमतीले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्‍याएका थिए । उनी करेन्ट लागे प्रश्चात घाइते भएका थिए । उपचारको क्रममा मेडिकल कलेज भरतपुर चितवनले उनलाई ७:३० बजेतिर मृर्तक घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*