हेटौंडाको शीतलमहलचोकमा भेटियो शंकास्पद वस्तु, बम हुन सक्ने आशंका

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ स्थित शीतलमहलचोकमा शंकास्पद वस्तु फेला परेको छ । सितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डको स्थानिय सिर्जना पौडेलको घर अगाडी शंकास्पद वस्तु रुपमा प्रेशर कुकर राखिएको पाईएकाे हाे ।
शंकास्पद वस्तु फेला पर्दा स्थानीय त्रसित भएका छन् । उक्त वस्तु साँझकाे ६:३० बजेतिर राखिएको पाईएकाे स्थानीय सिर्जना पौडेल मार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
उक्त वस्तु बम हुन सक्ने शंका सहित प्रहरीले बम डिस्पोजल टोलीलाई खबर गरेकाे छ । बम डिस्पोजल टोली आईरहेकाे प्रहरीले जनाएको छ ।