आज पहाड होली मनाइँदै

संवाददाता
२०८१ फाल्गुन २९, बिहीबार ०६:५१

हेटौंडा । आज फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । रंगहरुको पर्व होली पर्व अवसरमा आज सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लाहरुमा होली पर्व मनाउने गरिन्छ ,भने त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । भोली तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्वको अवसरमा सरकारले बिदा दिएको छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

पैरानीक कालमा बिष्णु भक्त प्रलादलाई मार्नको लागि भनेर फूपू होलीकाले उनलाई काखमा लिएर दवदवी बलि रहेको आगोको चितामा बस्दा भगवानको कृपाले भक्त प्रलाद जिबिद रहनु भयो र आगो पनि केही गर्न नसक्ने भनिएकि फूपू होलीको दहा भएको भन्ने मान्नेता रहि आएको छ ।

प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*