मोटरसाइकल दुर्घटनामा दियालीको मृत्यु

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मंगलवार दिउँसो मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
हात्तिसुडेबाट ठुलोदमार तर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल घुम्ती मोडने क्रममा चालक रुपक दियाली को मृत्यु भएको हो । चालक दियाली बकैया गाउँपालिका-४ का निवासी हुन्, अचानक अनियन्त्रित भइ मोटरसाइकल पल्टिँदा उनले टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि चालकलाई तत्काल बकैया अस्पताल पुर्याइएको थियो, जहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौडा अस्पताल तर्फ पठाइयो। हेटौडा अस्पतालमा चेकजाँच गर्दा डाक्टरले उनलाई मृत घोषणा गरे।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ र शव हेटौडा अस्पतालमा राखिएको छ।