हेटौंडामा भेट्रान्स फुटबल : किङकम भेट्रान्सले जित्यो उपाधि

हेटौंडा । हेटौंडा भेट्रान्स क्लबद्वारा आयोजित दशौं हेटौडा भेट्रान्स कप राष्ट्रिय ८ ए साइट रनिङसिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्सले जितेको छ। फागुन २२ गतेदेखि २६ गतेसम्म भएको प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका थिए।
आज सम्पन्न भएको फाइनल खेल रोमाञ्चक भयो। किङकम भेट्रान्स र फ्रिडम फाइटर बीच भएको प्रतिस्पर्धामा किङकम भेट्रान्सले पेनाल्टी सुट आउटमा ३-२ को अन्तरले विजय प्राप्त गरेको हो।
खेलको पहिलो हाफमा दुवै टिमले १-१ गोल गर्दै बराबरीमा थिए। फ्रिडम फाइटरको लागि कृष्ण माल्यकारले पहिलो गोल गरेका थिए भने किङकमको लागि जगत लामाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
सेकेन्ड हाफ जति रोमाञ्चक थियो, कुनै टिमले गोल गर्न सकेन र खेल अन्ततः ट्राइबेकरमा पुगेको थियो। पेनाल्टी सुटआउटमा किङकमले ३-२ को गोल अन्तरले जित निकाले र उपाधि जितेको हो।