पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुग्नु भएका छन्। पुर्वराजा शाह आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।उहाँलाई स्वागत गर्न लागि ठूलो संख्यमा समर्थकहरु विमानस्थलको मुख्यद्वारामा भेला भएका छन् । त्यसै गरि राजावादी नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् ।
यसै बिच विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ताहरुले यसकाे विराेध गरिरहेका छन् । गणतन्त्रको विकल्पका रूपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्वराजलाई आग्रह गरेका छन् ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा भिडियो सन्देश जारी गर्दै देशको संकटको बेला आफूलाई साथ दिनका लागि अपील गरेपछि, उनका समर्थकहरूको यो जोश देखाईरहेका छन्। उनीहरूको आस्थामा, शाहको अपीलको बादमा यो अभियान अझ तीव्र बनेको देखिन्छ।