पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउँदै, राजावादीहरूको शक्ति प्रदर्शनको तयारी

हेटौंडा । आज पोखराबाट काठमाडौँको यात्रा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शण गर्दैछन्। पोखरामा आफ्नो भ्रमणलाई छोडेर, पूर्वराजा आज काठमाडौँ आउन लाग्दा राजावादी दलहरू र उनका समर्थकहरू यस अवसरमा काठमाडौँमा राजतन्त्रको पुनरुत्थानका लागि ताकत प्रदर्शन गर्न जुटिरहेका छन्। राप्रपा, राप्रपा नेपाल र राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँलाई एक पटक पुनः राजतन्त्रको गढ़ बनाउने उद्देश्यका साथ यो शक्ति प्रदर्शनको तयारी गरेका छन्।
राजतन्त्रको पुनरागमनका पक्षधरहरू उफ्रिरहेका छन्। पूर्वराजा शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा भिडियो सन्देश जारी गर्दै देशको संकटको बेला आफूलाई साथ दिनका लागि अपील गरेपछि, उनका समर्थकहरूको यो जोश देखाईरहेका छन्। उनीहरूको आस्थामा, शाहको अपीलको बादमा यो अभियान अझ तीव्र बनेको देखिन्छ।
तर यो सन्देशसँगै राजनीति दलहरूको प्रतिवाद पनि शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई चेतावनी दिदै, तागत भए उनलाई राजनीति गर्न र दल खोल्न चुनौति दिएका छन्। यस्ता भनाइहरू आईरहदा सजिलै देशको राजनीतिले एक सघन सङ्कटको सामना गरिरहेको बुझ्न सकिन्छ । , जहाँ पूर्वराजा शाह आफ्नो प्रभावको छानबिन गर्दै सत्ता तान्ने प्रयासमा छन्।
युवाजनको बेरोजगारी र असन्तुष्टिका कारण, शाहको पुनरागमनको प्रस्ताव झनै त्रासदीको रूपमा देखिन्छ। पूर्वराजा शाहले सत्ता पुनः प्राप्त गरे भने, देशको राजनीति मण्डली फेरि पुराना संरचनामा फर्कने र सिंहदरबार र नारायणहिटि दरवारमा भेदभावपूर्ण सोचका कारण देशलाई पछाडि धकेल्ने खतरा उत्पन्न हुनेछ गणतन्त्रका स्थापित नेताहरूको दावि छ ।
यता जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ चलाईरहेको माओबादी केन्द्रले आफ्नो अभियान स्थगित गरेर पदाधिकारी बैठक बोलाएको छ । तत्कालका लागि अभियान’ स्थगित गरिएकोले आज पार्टीको पदाधिकारी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । झापाबाट सुरु भएको अभियान रौटहत पुगेर स्थगन भएको हो ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको व्यवस्थापनमा भईरहेको आजको प्रदर्शनमा ५ लाख मान्छे काठमाडौंमा उत्रने दावी गरे ।