हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा । हात्तीको आक्रमणबाट रत्ननगर नगरपालिका–७ मा बस्ने एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका-९ घर भई रहेका तर रत्ननगर नगरपालिका–७ मा बस्दै आएका ३४ वर्षीय सुरेश महतोको मृत्युु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘गोविन्दे’ हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जनाइएको छ । उनलाई हात्तीले शुक्रबार रातको समयमा आक्रमण गरेको र शनिबार शव भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।