मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै भन्दै अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट सम्मान

संवाददाता
२०८१ फाल्गुन २५, आईतवार ०७:२८

अमेरिका । मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महा – प्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मान – पत्र सहित सम्मान गरेका हुन् । ‘१५ वर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दुरदर्शी मिडिया व्यवस्थापनले गर्दा अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रुपमा चिनाउन अतुलनीय योगदान रहेको छ । यसका लागि म बस्नेतलाई सम्मान गर्दछु’, वेप्रिनले लिखित रुपमा प्रदान गरिएको सम्मान – पत्रमा उल्लेख गरिएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको भन्दै उनले प्रशंशा गरेका छन् । वेप्रिन सन् २०१० सालमा न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा प्रथम पटक निर्वार्चित भएका थिए । त्यसदेखि हरेक निर्वाचनमा एसेम्बली मेम्बरमा निर्वाचन जित्दै आएका छन् । उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटिको चेयरम्यान, कमिटि अफ बैंक, कमिटि अफ जुडीसरी, एसियन प्यासेफिक अमेरिकन ट्राक्सफोर्सलगायतका राज्यको विभिन्न कमिटि सदस्य रही काम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*