जिफन्ट बागमती प्रदेश कमिटीले मनायो ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

हेटौंडा। जिफन्ट बागमती प्रदेश कमिटीले “स्याहार क्षेत्रका श्रमिकहरूको रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता” नारा सहित ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । कार्यक्रममा महिला मैत्री कानुनको निर्माण भए पनि कार्यान्वयनमा चुनौती रहेको विषयलाई उजागर गरेको थियो । समान कामको समान ज्याला, महिला मैत्री कार्यस्थल र गृह निर्माण, स्वास्थ्य, औद्योगिक क्षेत्रका महिला श्रमिकलाई सामाजिक सुरक्षा प्रदान जस्ता विषयहरू कार्यक्रममा उठाइएको थियो। कार्यक्रममा उठाइएका विषयहरूलाई जिफन्ट र नेकपा एमालेले समर्थन जनाएको छ।
जिफन्ट जिल्ला अध्यक्ष बिक्रम सिह स्याङ्तानकाे अध्यक्षता भएकाे कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिफन्ट प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, मेनिका दाहाल, श्रीधर पोख्रेल, रेक्का भुजेल लगायत राजनीतिक तथा श्रमिक नेताहरूको उपस्थिति रहेको थियो।