समाजमा निराशा र समस्याहरू बढिरहेको छ : रामेश्वर राना

संवाददाता
२०८१ फाल्गुन २४, शनिबार १८:०१

हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले समाजमा निराशा र समस्याहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समाजमा सानै उमेरमा पढाई छोड्ने, कुलतमा फस्ने, कम उमेरमा विवाह गर्ने र आत्महत्याको बाटो रोज्ने जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै यी सबै समस्याहरूको अन्त्य नभएसम्म नयाँ नेपाल र समृद्ध नेपालको परिकल्पना सम्भव नभएको बताउनु भएको छ ।

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र अनेमसङ्घ स्थापना दिवसको अवसरमा अनेमसङ्घ जिल्ला समिति मकवानपुरद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा अनेमसङ्घ मकवानपुरका अग्रज महिलाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा दुर्गा पौडेल, शुभद्रा रेग्मी, लक्ष्मी पुलामी, सानुमाया श्रेष्ठ, उमा थामी, पुण्यवती रिमाल, मालती थिङ, सान्नानी अधिकारी, शोभा राई, देउती ढकाल, लक्ष्मी घिमिरे, केशरी तुलाधर र लक्ष्मी कार्की गरी १३ जना समावेश छन्। ।

कार्यक्रमको अवसरमा, रामेश्वर रानाले समाजका हरेक समस्यालाई सम्बोधन गर्न र महिला अधिकारको संरक्षण गर्न सरकार र सबै पक्षलाई जोड दिन आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*